नेपाली बजारमा आउँदै ओपोको नयाँ स्मार्टफोन
ओपोको सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ‘ओपो ए-७६’ नेपाली बजारमा आउने भएको छ।
छिटै नेपाली बजारमा आउने घोषणा गरिएको स्मार्टफोन स्टाइलिस र टिकाउ रहेको कम्पनीले जनाएको छ। ओपोको ६.५६ इन्चको पञ्च होल स्क्रिनलाई परिष्कृत गर्दै अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले हुने भएको छ।
त्यस्तै, ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
ओपो नेपालका ब्रान्ड डिरेक्टर पियरसन शेनले यसमा उच्च कोटिका एआई सक्षम क्यामेरा रहेको जानकारी दिए।