राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्षमा पाण्डव हमाल चयन भएका छन्।
नेशनल प्याब्सनको सातौं केन्द्रीय महाधिवेशनलले ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सिरहाका हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीका संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन्।
बाँकेको नेपालगञ्जमा सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोधप्रभाकर रिजाल, यमबहादुर खड्का, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोध डाँगी र कमलकुमार सिंहलाई चयन गरेको छ।
त्यस्तै, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खड्का, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछू चयन भएका छन्। महाधिवेशनले ५७ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।