भक्तपुरमा महिलामाथि तेजाब प्रहार
भक्तपुरमा एक महिलामाथि तेजाब र छुरा प्रहार भएको भएको छ।
सूर्यविनायक–४, गाम्छा की ६० वर्षीय पूजा गुभाजुलाई आइतबार साँझ उनका श्रीमान्ले हानिकारक रसायन प्रहार गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारी शर्मा भन्छिन्, “तेजाब हो कि अन्य केमिकल भनी अनुसन्धान भइरहेको छ।”
घाइतेलाई छुरा समेत प्रहार भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते गुभाजुलाई कीर्तिपुर अस्पतालमा पुर्याइएको छ। इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।