महाअभियोग सिफारिश समिति गठन, को-को छन् सदस्य?
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन प्रतिनिधि सभाले महाअभियोग सिफारिश समिति गठन गरेको छ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिश समितिको प्रस्ताव पेश गरेका थिए। त्यसलाई प्रतिनिधि सभाको बैठकले पारित गरेको छ।
महाअभियोग सिफारिश समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाम्फे सदस्य छन्।