टाटा मोटर्सको धमाका अफर १७ चैतसम्म थपियो
टाटा मोटर्सको धमाका अफर अगामी १७ चैतसम्म थप गरिएको छ।
टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरीदमा आकर्षक अफर ल्याएको थियो। १८ माघबाट शुरू भएको अफर १६ फागुनसम्म तय भएको थियो।
ग्राहकको सहभागितालाई ध्यानमा राखी यसलाई १७ चैतसम्म थप गरिएको सिप्रदीका सिनियर जीएम अनुपमणि ढकालले बताए।
टाटा मोटर्सको धमाका अफर अन्तर्गत नगद खरीदमा विशेष छूट, क्यास ब्याक अफर, नगद खरीदमा विशेष छूट सहित एएमसीको सुविधा, एक्सचेन्जको सुविधा, ‘थ्री ईएमआई’ सम्म छूट सुविधा र पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरीद गर्दा तीन लाखसम्म छूट रहेको छ।