माउन्टेन ड्युको नयाँ विज्ञापन बुर्ज खलिफामा छायाङ्कन
माउन्टेन ड्युको यूएईको बुर्ज खलिफामा छायाङ्कन गरिएको नयाँ विज्ञापन सार्वजनिक गरिएको छ।
यसका ब्रान्ड सद्भावनादूत कलाकार अनुपविक्रम शाही नयाँ विज्ञापनमा देखिएका छन्। यस वर्ष ‘डरको अगाडि जित छ’ नारा दिएर नयाँ विज्ञापन छायाङ्कन गरिएको हो।
बुर्ज खलिफामा विज्ञापन छायाङ्कन गर्नु रोमाञ्चकारी अनुभव रहेको कलाकार शाहीले बताएका छन्। यसले ‘डरको अगाडि जित छ’ भन्ने नारालाई प्रतिबिम्बित गरेको उनको भनाइ छ।
कलाकार शाहीले बुर्ज खलिफाको टुप्पाबाट गरेको अभिनयबाट नेपाली उपभोक्ता रोमाञ्चित हुने पेप्सीको नेपालका सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरीले बताए। यो नयाँ विज्ञापनको सबैतिर बृहत् प्रदर्शन गरिने उनले बताए।