सनराइजको झापामा नयाँ शाखारहित ब्यांकिङ सेवा
सनराइज ब्यांक लिमिटेडले बुधबार झापाको अर्जुनधारा नगरपालिका-१, शान्तिचोक, सिस्नेमा शाखारहित ब्यांकिङ सेवाको शुरूआत गरेको छ।
बुधबारे शाखाले आयोजना गरेको एक कार्यक्रमबीच शाखारहित ब्यांकिङ सेवाको शुरूआत गरिएको हो। योसँगै सनराइजका शाखारहित ब्यांकिङ सेवाको सङ्ख्या ८७ पुगेको छ।
यो शाखारहित ब्यांकिङ सेवाका लागि गणेशप्रसाद गौतमलाई प्रतिनिधि नियुक्त गरिएको छ। यस सेवाबाट ग्राहकले निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिने सक्नेछन्।
सनराइजका अहिलेसम्म १३९ वटा शाखा, ८७ वटा शाखारहित ब्यांकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटीएम सञ्चालनमा छन्।