दराज र आईएमई पेबीच साझेदारी
अनलाइन बजार दराजले आईएमई पेसँग साझेदारी गरेको छ।
सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरशिप प्रमुख अरुण फुँयाल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन्।
यो सम्झौता अनुसार, हरेक आइतबार ‘आईएमई पे डे’ शुरू हुने भएको छ। आईएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशतसम्म छूट पाइने भएको छ।
त्यस्तै, दराजका ग्राहकले आफ्नो आईएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशतसम्मको अतिरिक्त छूट पाउनेछन्।
आईएमई पेसँग साझेदारी गरी आईएमई पे डे घोषणा गर्न पाएकोमा उत्साहित भएको दराजका डिजिटल पेमेन्ट एन्ड पार्टनरशिप प्रमुख फुँयालले बताए।