स्प्राइटले ल्यायो गर्मी यामका लागि नयाँ अफर
लेमन-लाइम पेय पदार्थ स्प्राइटले यो गर्मी यामका लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक नयाँ अफर ल्याएको छ।
स्प्राइटको ‘क्लियर रह’ अभियान अन्तर्गत युवालाई जोड्न यो अफर ल्याइएको जनाइएको छ। यो अफरमा नौ जना उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन्।
यससँगै हरेक हप्ता एउटा स्मार्ट घडी र एउटा सामसङ स्मार्टफोन जित्न सकिने स्प्राइट कम्पनीले जनाएको छ।
यो अफरमा सहभागी हुन लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ। यसका साथै डब्लूडब्लूडट स्प्राइट डटकम डटएनपीमा गएर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ।
लेबलको पछाडि रहेको सिरियल नम्बर सीधै ३४९४९ मा पनि एसएमएस गर्न सकिनेछ। ८ फागुनदेखि शुरू भएको यो योजना १६ चैतसम्म लागू हुनेछ।