एनसेलले ल्यायो अल टाइम डेटा प्याक
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा अल टाइम डेटा प्याक ल्याएको छ।
नयाँ अल टाइम डेटा प्याकमा सात दिनको अवधिमा पाँच जीबी अल टाइम डेटा रु.१२५ मा शुरू गर्न सकिनेछ। यससँगै नन्स्टप युट्युब अफर अन्तर्गत अल टाइम डेटा प्याकको भोलुम पनि उही शुल्कमा दोब्बर पाइने भएको छ।
यस अन्तर्गत रु.१४७ मा सात दिनका लागि चार जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाइनेछ।
पहिला ग्राहकले यस युट्युब प्याकमा यही मूल्यमा दुई जीबी अल टाइम डेटा पाउँदै आएका थिए भने अब यो भोलुम बढेर चार जीबी भएको छ।
यी प्याकहरू १७ फागुनदेखि सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ पाँच जीबी अल टाइम डेटा प्याक शुरू गर्न सक्नेछन्।