यी हुन् स्थानीय चुनावमा भाग लिन पाउने ८० दल
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले भाग लिन पाउने भएका छन्।
निर्वाचन आयोगले स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। जस अनुसार, ८० दलले स्थानीय चुनावमा सहभागी हुन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १५ फागुनसम्म निवेदन आह्वान गरेको थियो। जस अनुसार, ८० दलले निवेदन दिएका हुन्।
यससँगै ६ वटा नयाँ दल पनि दर्ता भएका छन्। आयोगमा दर्ता भएका दलको सङ्ख्या १११ पुगेको प्रवक्ता पौडेलले जानकारी दिए।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ। स्थानीय चुनावका लागि आयोगले तयारी गरिरहेको छ।