संसद्भित्र छलफल, बाहिर झडप (तस्वीरहरू)
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि संसद्भित्र छलफल भइरहँदा बाहिर भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
नयाँ बानेश्वरमा बिहानैदेखि विभिन्न राजनीतिक दल र संगठनले प्रदर्शन गरिरहेका छन्। यसै क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
संघीय संसद् भवन क्षेत्रको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन् भने प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको छ।