सामसुङको नयाँ घरायसी रेफ्रिजेरेटर बजारमा
घरायसी विद्युतीय उपकरणको उत्पादक ब्रान्ड सामसुङले आधुनिक भान्छाका लागि उपयुक्त ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ नेपाली बजारमा भित्र्याएको छ।
यो रेफ्रिजेरेटरमा राखिएका अनेकौं विकल्पका कारण खाना र खाद्यवस्तुको भण्डार, सुरक्षा र उपयोग निकै सहज हुने कम्पनीको दाबी छ। यो रेफ्रिजेरेटरमा ढोका नखोलीकनै चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा राखिएको छ।
‘ट्वीन कुलिङ प्लस’ प्रविधि जडान गरिएका कारण फ्रिज र फ्रिजर खण्डलाई बेग्लाबेग्लै तापक्रमको चिसो बनाएर गन्ध फैलिनबाट रोक्ने कम्पनीले जनाएको छ। जस कारण, खाद्य सामग्रीको मौलिक स्वाद जोगाइराख्न सहयोग पुग्नेछ।
यो रेफ्रिजेरेटरले बरफ र चिसो पानी छिटै तयार गर्ने भएकाले उपभोक्ताले धेरै बेर नकुरीकनै बरफ र चिसो पानी निकाल्न पाउने जारी विज्ञप्तिमा उल्लेख छ। यो रेफ्रिजेरेटरमा दुई वटा आइसमेकरको फ्रिजर स्टोरेज छ। धेरै फलफूल र सागपात भण्डारणका लागि यसमा २१.७ लिटर क्षमताका खण्ड पनि छन्। त्यसै गरी दुई लिटर सहजै अट्ने ढोकामा जडित डिब्बा पनि छन्।
यसमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधि जडान गरिएकाले ५० प्रतिशतसम्म कम विद्युत् खपत गर्ने कम्पनीको दाबी छ। त्यसै गरी यसमा १० वर्षको वारेन्टी पनि छ। आकर्षक डिजाइनको स्टेनलेस स्टीलबाट निर्मित रेफ्रिजेरेटर ५७९ लिटरमा उपलब्ध छ। यसको बजार मूल्य रु.दुई लाख ९९ हजार ९९० तोकिएको छ।