आईएमई पे स्क्यान गरी किराना सामान खरीद गर्दा १० प्रतिशत छूट
आईएमई पेले विभिन्न डिपार्टमेन्टल स्टोरमा किराना सामान खरीद गर्दा १० प्रतिशतसम्म छूट दिने अफर ल्याएको छ।
उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गएकाले यो अफर ल्याएको आईएमई पेले जनाएको छ। डिपार्टमेन्ट स्टोरमा आईएमई पे मोबाइल वालेट एपबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छूट पाइने भएको हो।
भाटभटेनी, बिगमार्ट, केके, सेल्सबेरी, डेली ग्रोसेरी र माई-मार्टमा छूट पाइने आईएमई पेले जनाएको छ। यो अफरमा आइएमई पे मोबाइल वालेट मार्फत मात्रै १० प्रतिशत अर्थात् एक सय रुपैयाँसम्म छूट पाइनेछ।
यो अफर सीमित अवधिका लागि मात्र लागू हुने आईएमई ग्रुपले जनाएको छ।