आठ जनाले जिते सेल्सबेरीको निःशुल्क असीमित शपिङ अफर
सेल्सबेरी ग्रुपले आठ वर्षमा प्रवेश गरेको अवसरमा ल्याएको ‘त्रिपल–८’ कार्यक्रममा आठ जनाले निःशुल्क असीमित शपिङ गर्ने अफर पाएका छन्।
सेल्सबेरीले १ देखि ८ फागुनसम्म हरेक दिन एक जना ग्राहकलाई ६० सेकेन्डभित्र निःशुल्क असीमित शपिङ गर्न सक्ने अफर ल्याएको थियो। त्यसमा आठ जनाले यो अफर जितेको सेल्सबेरीले जनाएको छ।
यो अफर जित्नेमा काठमाडौंको बालुवाटारकी रचना राणा, पोखराको विरौटाका विकास गुरुङ, काठमाडौंको इमाडोलका रमेश नेपाल, काठमाडौंको कोटेश्वरका सहिष्णु पौडेल, काठमाडौंको चक्रपथका विमल ढकाल, काठमाडौंको मूलपानीकी रेखा पौडेल, पोखराको बगरीकी अञ्जना अधिकारी र पोखराको विरौटाका सुदर्शन थापा रहेको सेल्सबेरीले जनाएको छ।