आज २७५ सङ्क्रमित थपिए, एक जनाको मृत्यु
कोभिड-१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आठ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा २७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो।
आज पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५५५ जना निको भएका छन्। अझै नौ हजार २८० सक्रिय सङ्क्रमित छन्।