शक्तिचोकमा सानिमा ब्यांक शाखा
सानिमा ब्यांक लिमिटेडले गोरखाको शक्तिचोकमा शाखा स्थापना गरेको छ।
ब्यांकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शाखाको उद्घाटन गरेका छन्।
शाखा उद्घाटन गर्दै मह जोडीले शुभकामना दिए। त्यस्तै, गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रूपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न सुझाव दिए।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा ब्यांकका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा एटीएम सञ्चालनमा छन्।