युक्रेनका नेपालीलाई दूतावासको आग्रह– बसोबास गरिरहेको घरमै सुरक्षित बस्नु
बर्लिनस्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका नेपालीलाई आफू बसोबास गरिरहेको घरमै सुरक्षित बस्न आग्रह गरेको छ।
रूस र युक्रेनबीच विकसित पछिल्लो घटनाक्रमपछि बिहीबार जारी सूचनामा युक्रेन सरकार र सम्बन्धित कलेजको निर्देशन पालना गर्न भनिएको छ। यस्तै, सम्भव भएसम्म सडक वा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका स्थानमा जान समेत आग्रह गरिएको छ।
एअर साइरन वा बम वार्निङको अवस्थामा बम सेल्टर प्रयोग गर्न समेत सुझाइएको छ।
आवश्यक परेमा दूतावासकी तृतीया सचिव सहारा चौलागाईं वा गैरआवासीय नेपाली संघ, युक्रेनका अध्यक्ष हरिबहादुर मल्ललाई सम्पर्क गर्न भनिएको छ।
