एशियन कप छनोटमा नेपालको समूहमा बलिया प्रतिद्वन्द्वी
एएफसी एशियन कप छनोटमा नेपालले तीन बलिया देशसँग प्रतिस्पर्धा गर्ने भएको छ।
एमएफसीले जारी गरेको खेल तालिकामा नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत र इन्डोनेसिया छन्। तीन देश नेपालभन्दा बलिया छन्।
फिफा वरीयतामा नेपाल १६७ स्थानमा छ। त्यस्तै, जोर्डन ९०औं, कुवेत १४३औं र इन्डोनेसिया १६०औं स्थानमा छन्।
नेपालले पहिलो खेल आगामी २५ असारमा जोर्डनसँग खेल्नेछ। त्यसपछि २८ असारमा कुवेतसँग र ३१ असारमा इन्डोनेसियासँग खेल्नेछ।
समूह ‘बी’ मा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मंगोलिया, समूह ‘सी’ मा उज्वेकिस्तान, थाइल्यान्ड, माल्दिभ्स र श्रीलंका छन्।
यसै गरी समूह ‘डी’ मा भारत, हङकङ, अफगानिस्तान र कम्बोडिया, समूह ‘ई’ मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया र बाङ्लादेश तथा समूह ‘ई’ मा किर्गिस्तान, ताजकिस्तान, म्यानमार र सिंगापुर छन्।