प्रतिनिधि सभाको बैठक स्थगित
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने तय भएको प्रतिनिधि सभाको बैठक एकाएक स्थगन भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगन गरेका हुन्। सभामुख सापकोटाले १३ फागुन दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगन गरेका हुन्।
सरकारको आग्रहमा प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि सारिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
सरकारले ८ फागुनमा एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल गरेको हो। आज त्यसमाथि छलफल हुने तय भएको थियो।