जिल्ला न्यायाधीशको १८ सीटमा ३ जना मात्रै उत्तीर्ण
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नतीजा सार्वजनिक गरेको छ।
आयोगद्वारा आइतबार सार्वजनिक सूचना अनुसार, १८ पदका लागि आवेदन आह्वान गरिएकोमा जम्मा तीन जना मात्रै उत्तीर्ण भएका छन्। आन्तरिक खुलातर्फ नौ जनाका लागि आवेदन आह्वान गरिएको थियो। जसमा तीन जना मात्रै उत्तीर्ण भएका छन्।
खुलातर्फ पाँच जनाका लागि आवेदन गरिएको थियो। आन्तरिक खुलातर्फ उत्तीर्ण भएका तीन जना नै खुलातर्फ पनि उत्तीर्ण गरेका हुन्।
आन्तरिक खुलातर्फ ६, खुलातर्फ पाँच, महिलातर्फ दुई, आदिवासी/जनजातितर्फ एक र मधेशीतर्फ एक सीटमा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको आयोगले जनाएको छ।
लिखित परीक्षामा १९६ जना सहभागी थिए। आयोगले गत असोजमा लिखित परीक्षा लिएको थियो।