बनेपामा टाटा मोटर्सको नयाँ शोरूम
टाटा मोटर्सले काभ्रेस्थित बनेपामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले लक्ष्मी अटोसँगको सहकार्यमा बनेपामा आउटलेट विस्तार गरेको हो। योसँगै नेपालभर टाटा मोटर्सको आउटलेट सङ्ख्या १९ पुगेको छ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्तजंग सिजापतीले बनेपाको नयाँ डिलरशिप सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा हुने बताए। यो आउटलेटबाट ग्राहकले टाटा मोटर्सका साना गाडी सम्बन्धी परामर्श, खरीद तथा एक्सचेन्ज सर्भिस जस्ता सुविधा लिन सक्नेछन्।
त्यसै गरी यो आउटलेटले दक्ष प्राविधिक मार्फत गुणस्तरीय सेवा र सक्कली पार्टपुर्जा समेत बिक्री गर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। टाटा मोटर्सका काठमाडौं, चितवन, नवलपुर, कास्की, रुपन्देही, सिराहा, धनुषा, पर्सा, सर्लाही, झापा, सुनसरी, दाङ, कैलाली, बाँके, मोरङ र मकवानपुरमा शोरुम छन्।