एनएमबी ब्यांकका ग्राहकलाई हाम्रो अस्पतालमा छूट
एनएमबी ब्यांकका ग्राहकले विराटनगरस्थित हाम्रो अस्पतालमा उपचार गराउँदा विशेष छूट पाउने भएका छन्।
ब्यांक र अस्पतालबीच भएको सम्झौता अनुसार, अस्पतालले ब्यांकका एटीएम तथा अन्य भिजा कार्डहोल्डर ग्राहक एवं कर्मचारीलाई अन्तरङ्ग (भर्ना), फार्मेसीबाट औषधि खरीद, ल्याब परीक्षण र शल्यक्रियामा छूट उपलब्ध गराउनेछ।
समझदारीपत्रमा एनएमबी ब्यांकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। एनएमबी ब्यांकले देशभरि २०१ शाखा, १३९ एटीएम तथा ९ एक्सटेन्सन काउन्टर मार्फत ब्यांकिङ सेवा दिंदै आएको छ।