एमसीसी टेबल हुनुअघि नयाँ बानेश्वरका दृश्य
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल हुनुअघि संघीय संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ।
सोमबार विभिन्न राजनीतिक दल र संगठनहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी निषेधित क्षेत्रमा पुगेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।
प्रदर्शनकारी र प्रहरीबीच झपड पनि भएको छ। झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।
एमाले र माओवादी केन्द्रका सांसदको नाराबाजीबीच एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा टेबल गरेका हुन्।