नौ हजार स्वाब परीक्षण गर्दा ४३७ जनामा कोरोना
कोभिड-१९ को सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ४३७ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, नौ हजार ९१ जनाको स्वाब परीक्षण गर्दा ४३७ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो। नौ हजार ७८९ स्वाब परीक्षण गर्दा ५७० जनामा कोरोना पुष्टि भएको थियो।
त्यस्तै, कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। बिहीबार ६ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार ४५४ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि नौ लाख ४८ हजार ७८४ पुगेको छ।