ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता नियुक्त
हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता नियुक्त भएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा शाही राप्रपामा प्रवेश गरेका हुन्। राप्रपा प्रवेश गरेसँगै अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई प्रवक्ता नियुक्त गरेका छन्।
शाहीसँगै हाम्रो नेपाल, हामी नेपाली अभियानको टोलीलाई राप्रपामा स्वागत गर्दै अध्यक्ष लिङ्देनले ध्रुवीकरण शुरू भएको बताए।
“सिद्धान्तबाट विचलित भएका स्वार्थी छोडेर जान सक्छन्, अन्य पार्टीका देशभक्त, राष्ट्रवादी राप्रपामा आउनुस्, देशमा ध्रुवीकरण शुरू भइसक्यो,” अध्यक्ष लिङ्देनले भने।