महिला फूटबल लिगको दोस्रो चरणका खेल विराटनगरमा हुने
राष्ट्रिय महिला फूटबल लिगको दोस्रो चरणका खेल विराटनगरमा खेलाइने भएको छ।
अखिल नेपाल फूटबल संघ (एन्फा) र विराटनगर महानगरबीच बिहीबार महिला लिगको दोस्रो चरणका खेल खेलाउने सम्झौता भएको छ।
सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र विराटनगरका मेयर भीम चापागाईंले हस्ताक्षर गरेका छन्। खेल विराटनगरस्थित शहीद रङ्गशालामा खेलाइने भएको छ।
सम्झौता अनुसार, विराटनगर महानगरपालिकाले उत्कृष्ट पाँच टीम र खेलाडी गरी ४५ लाख बराबरको पुरस्कार वितरण गर्नेछ।
पहिलो चरणका खेल भने भरतपुर नगरपालिकामा हुने तय भइसकेको छ।