एनएमबी ब्यांक र रेमिट हाइड्रोबीच लगानी सम्झौता
एनएमबी ब्यांक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच जलविद्युत् आयोजनामा लगानी गर्ने समझदारी भएको छ।
ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। ७७.५ मेगावाट क्षमताको यो आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छ। यसको प्रवर्द्धक रेमिट हाइड्रो रहेको छ।
अब एनएमबी ब्यांकले अन्य ब्यांक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सह-वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गर्नेछ।
घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहेको छ। एनएमबी ब्यांकले ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ।