मृत्यु पर्खिंदाको त्यो क्षण
रातको १२ बजे नाडीको चाल रोकियो भनेर डाक्टरले जानकारी गराए। तैपनि काकी बाँच्नुहुन्छ कि भन्ने आशा मनमा जीवितै थियो, त्यसैले ‘अझै कोशिश गरिदिन’ रुँदै अनुरोध गरें। तर, डाक्टरको आँखाले भने ‘उहाँ अब यो दुनियाँबाट टाढा जाँदै हुनुहुन्छ’ भन्ने सङ्केत गर्दै थियो।
माघ महीनाले मलाई आँशु नै रित्तिने गरी पीडा दियो। यो महीना मेरा लागि शत्रु झैं बन्यो। ३० पुसमा काठमाडौंबाट कैलाली एयरपोर्ट झरें। मिल्ने साथीले ‘आज रातिको खाना मेरोमा है’ भनेर माघीको निम्तो दिएकी थिइन्। तर, आफू आउन ढिला हुने बहाना बनाएर इन्कार गरें।
राति आठ बजे विमान अवतरण भयो। सरासर कोठामा गएर सुतें। भोलिपल्ट बिहान ब्युँझदा शरीरको तापक्रम १०० डिग्री थियो। हातखुट्टा कटकटी खाइरहेको थियो। खाना खाएपछि एक चक्की सिटामोल खाएर सुतें।
घरबेटी दाइ-भाउजू मलाई माघीको प्रसाद दिन कुरिरहनुभएको थियो। दिउँसो १२ बजेतिर उठेर नुहाइधुवाइ गरी आशीर्वाद लिएँ र फेरि ओछ्यानकै शरण परें।
साँझ चार बजेतिर साथी सुनीताले ‘कञ्चनपुर कतिखेर जाने’ भनी फोन गरिन्। भोलिपल्ट परीक्षा थियो। परीक्षा दिन कञ्चनपुर जानुपर्ने। भोलि जाँदा ढिला हुने भन्दै उनले त्यही दिन जान कर गर्दै थिइन्। आफूलाई एकदमै गाह्रो भएको सुनाएँ। “औषधि खाऊ, केही हुन्न,” उनले अनुरोध शैलीमा भनिन्, “बरु, मेरै स्कूटरमा जाऔंला।”
सकीनसकी उनको घरसम्म गएँ र आफ्नो स्कूटर त्यहीं छोडेर उनको पछाडि बसी कञ्चनपुर गइयो। त्यो रात उनकै काकीको घरमा बास भयो। काकीलाई आफ्नो बिसन्चोपनाबारे थाहा नदिई ‘डोलोपार’ नामक औषधि खाएँ।
२ माघ बिहान खाना खाएर परीक्षा केन्द्रतर्फ लागियो। शिक्षकहरूलाई आफू बिरामी भएको जानकारी गराएँ। ‘कोरोनाको लक्षण रहेको’ भनी छुट्टै बस्ने व्यवस्था मिलाइदिनुभयो।
एकान्तबास सकिएको थिएन। ५ माघ दिउँसो १२ बजेतिर मोबाइलको घण्टी बज्यो, फोन बाबाको रहेछ। धेरै भूमिका नबाँधी उहाँले भन्नुभयो, “कान्छो दाइ रहेन।”
परीक्षा सकेर धनगढी फर्केपछि परीक्षणका लागि स्वाब दिएँ, रिपोर्ट पोजेटिभ आयो। दुवै डोज खोप लगाइसकेकाले अस्पताल भर्ना हुन नपर्ला भन्नेमा ढुक्क थिएँ, तर पनि शरीर अति थकित थियो। खोकी लागिरहेको थियो।
एकान्तबास सकिएको थिएन। ५ माघ दिउँसो १२ बजेतिर मोबाइलको घण्टी बज्यो, फोन बाबाको रहेछ। धेरै भूमिका नबाँधी उहाँले भन्नुभयो, “कान्छो दाइ रहेन।”
झसङ्ग भएँ। वरिपरि पूरै अन्धकार छायो। सानो छँदा दाइसँग खेलेका, दौडेका दृश्य आँखा वरिपरि झलझली आए। घर पुग्ने हिम्मत जुटेन। भिनाजुलाई फोन गरें, “म आऊँ कि के गरौं ?” उताबाट “कोरोना पोजेटिभ छ्यौ, सन्चो भएपछि आउनू” भन्ने जवाफ पाएपछि १३औं दिनमा जाने निर्णय लिएँ।
१० गतेदेखि शरीरलाई आराम मिल्न थालिसकेको थियो, १३ गतेसम्म त पूर्ण रूपले सन्चो भइसकेकी थिएँ। एउटा दुःखमा डुबिरहेको परिवारमा फेरि अर्को समस्या आइलाग्यो- १४ गते काकीलाई अस्पताल भर्ना गर्नुपर्ने भयो।
उहाँलाई कैलालीको नोभा अस्पतालमा भर्ना गरियो। डाक्टरले आईसीयूमा राख्नुपर्ने बताए। कोरोना पोजेटिभ काकीको मुटु, किड्नी र फोक्सोमा समस्या देखियो। काकीले कोरोना विरुद्धको खोप पनि लगाउनुभएको थिएन।
रोगले दिनप्रतिदिन च्याप्दै लग्यो, १८ गतेदेखि त बोल्न समेत छोड्नुभयो। अवस्था नाजुक बनेपछि १९ गते भेन्टिलेटरमा सारियो। भेन्टिलेटरमा राख्नु अगाडि काकीको सासको जिम्मा लिंदा मुटु फुट्ला जस्तो भयो।
भेन्टिलेटर शुल्क निकै महँगो थियो, घण्टाको हिसाबले पैसा तिर्नुपर्थ्यो। उता, काकीको अवस्था भने प्रति सेकेन्ड बिग्रँदै गएको थियो। बस्; हामी मृत्युलाई कुरेर बसेका थियौं। घरबाट घरीघरी फोनको घण्टी बज्थ्यो, यथार्थ जवाफ दिने सामर्थ्य मबाट हराइसकेको थियो।
म १८ घण्टादेखि आईसीयू कक्षको ढोकामा धर्ना दिइरहेको थिएँ। यस अवधिमा डाक्टरले धेरै पटक काकीको अवस्थाबारे जानकारी दिए, तर आशाजनक थिएन। पेटमा अन्न परेको थिएन, तर पनि भोकप्यास हराएको थियो।
रातको १२ बजे नाडीको चाल रोकियो भनी डाक्टरले जानकारी गराए। तैपनि काकी बाँच्नुहुन्छ कि भन्ने आशा मनमा जीवितै थियो, त्यसैले ‘अझै कोशिश गरिदिन’ रुँदै अनुरोध गरें। तर, डाक्टरको आँखाले भने ‘उहाँ अब यो दुनियाँबाट टाढा जाँदै हुनुहुन्छ’ भन्ने सङ्केत गर्दै थियो।
अस्पताल कुरुवामध्ये सबैभन्दा ठूलो मै थिएँ, त्यसैले डाक्टरहरूले हर कुराको जानकारी मलाई नै गराउँथे। धेरै पटक मेरो अन्तिम निर्णय पनि मागे। तर, मैले काकीको आशा मार्न सकिनँ।
जब डाक्टरहरूले नै ‘अब बचाउन नसकिने’ अन्तिम निर्णय सुनाए म एकोहोरो भएँ। आँसुको भेल बग्यो। आईसीयू परिसरबाट बाहिर निस्कें। घरमा सुतिरहेको कान्छो भाइलाई फोन गरें, ऊ तुरुन्तै आयो।
१५ दिनको बीचमा परिवारका दुई सदस्य गुमाउनुपर्दाको पीडा त एकातिर छँदै थियो, अर्कातिर छोरी भएकै कारणले आफूलाई विभेद गरिएकोमा साह्रै खिन्नता महसूस भयो। छोरीले रातभरि लाश कुर्न हुने, अन्तिम संस्कारमा चाहिं सामेल हुन नहुने! कस्तो संस्कारमा बाँचिरहेका छौं हामी!
यही बीचमा आईसीयू कक्षबाट बोलावट भयो। कागजी प्रक्रियाका लागि बोलाइएको रहेछ। ‘काकीको मृत्यु प्रमाणपत्र’ थमाउँदै शव व्यवस्थापन गर्न भनियो। त्यतिखेर रातको २ः३० बजेको थियो।
‘रिसेप्सन’ मा झरेर हिसाबकिताब फर्छ्योट गरें। अस्पताल बसाइमा मेरो साथी आएका भाइहरूलाई उठाएँ र अस्पतालकै गार्डको समेत सहयोगमा काकीको मृत शरीरलाई कोभिड वार्डमा ल्याएपछि शववाहनको खोजीमा लागें।
यति गर्दा बिहानको सात बजिसकेको थियो। अनि, तीन जना भाइलाई शवको साथमा गाउँ पठाएँ भने म पनि स्कूटरमा उनीहरूको पछि पछि लागें।
धनगढीदेखि ४०/४५ किलोमिटर टाढा कैलारी गाउँपालिका-८, दुधियाँ गाउँमा हामी पुग्दा आफन्तहरू जुटिसकेका थिए। हामी पुग्ने बित्तिकै शवलाई आर्यघाट लैजाने तयारीमा सबै जना जुटे। दाहसंस्कारका लागि म पनि आर्यघाट गएँ।
विभिन्न कारणवश तीन दिनमै मृत्यु संस्कार सक्नुपर्ने भयो। तेस्रो दिन त्यहाँ भेला भएका सबै पुरुष ‘खौरबार’ गर्न जलाशयतर्फ जाने तयारीमा थिए। म पनि त्यो भीडमा मिसिन पुगें। तर, ‘छोरी मान्छेले खौरबार गर्न मिल्दैन’ भनेर मलाई रोकियो।
१५ दिनको बीचमा परिवारका दुई सदस्य गुमाउनुपर्दाको पीडा त एकातिर छँदै थियो, अर्कातिर छोरी भएकै कारणले आफूलाई विभेद गरिएकोमा साह्रै खिन्नता महसूस भयो। छोरीले रातभरि लाश कुर्न हुने, अन्तिम संस्कारमा चाहिं सामेल हुन नहुने! कस्तो संस्कारमा बाँचिरहेका छौं हामी! यो कुसंस्कारलाई हामी सबै छोरीहरू मिलेर तोड्नुपर्छ।
अन्त्यमा; काकीलाई बचाउन हरप्रयास गर्नुहुने डाक्टरहरू रामचन्द्र पौडेल, सविता चन्द, ओमप्रकाश भट्ट, आईसीयू इन्चार्ज कल्पना जोशी लगायत नोभा अस्पतालका सम्पूर्ण कर्मचारीलाई धन्यवाद। साथै, अस्पतालका सञ्चालक लोकराज भट्टलाई पनि विशेष धन्यवाद !