प्रतिनिधि सभाको अर्को बैठक पर्सि बस्ने
प्रतिनिधि सभाको अर्को बैठक ६ फागुनमा बस्ने भएको छ।
बुधबार बसेको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ। अर्को बैठक ६ फागुन दिउँसो १ बजे बस्ने गरी आजको बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
यसअघि प्रतिनिधि सभाको बैठक ६ पटक स्थगन भएको थियो। कोभिड–१९ को सङ्क्रमण र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विषयलाई लिएर उत्पन्न विवादका कारण १८ पुसदेखि प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन।
आजको बैठकमा पनि एमाले सांसदहरूले विरोध जारी राखे। उनीहरूको विरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून‚ न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका थिए।