एमसीसी सम्झौता आज संसद्मा टेबल नहुने
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता आज पनि प्रतिनिधि सभाको बैठकमा टेबल नहुने भएको छ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले तय गरेको आजको कार्यसूचीमा एमसीसी राखिएको छैन। सभामुख अग्निप्रसाद खरेलको अध्यक्षमा बसेको बैठकले एमसीसीलाई आजको कार्यसूचीमा राखेको छैन।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिएका थिए। माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी अघि बढाउनु नहुने जनाउँदै यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।