माओवादी र एकीकृत समाजवादीप्रति बाबुरामको टिप्पणी- सत्ताको तर मार्नेलाई एमसीसीको विरोध गरेर साखुल्ले बन्ने छूट हुनु हुँदैन
सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारमा बसेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्ने दलहरूप्रति कडा टिप्पणी गरेका छन्।
एमसीसी सम्झौताको विरोधमा देखिएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाप्रति लक्षित गर्दै भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।
“एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन,” पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छूट हुनु हुँदैन।”
नेता भट्टराईले यसका समर्थक र विरोधी सँगसँगै सरकारमा बस्न नहुने बताएका छन्। उनले भनेका छ्न, “भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो!”