निसानले ल्यायो ‘नभारा प्रो फोरएक्स’
निसानले ‘द अल-न्यु नभारा’ को ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स गाडी नेपाली बजारमा ल्याएको छ।
यसमा इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टम लगायत विभिन्न बेस्ट-इन-क्लास टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ। यसमा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ।
त्यस्तै, थिन-फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ। नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्ट लगायत सेफ्टी फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ।
द अल-न्यु नभारामा नयाँ फिचरका रूपमा बडी-कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट (ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन्।
यो पाँच वटा भेरियन्टमा उपलब्ध हुने जनाइएको छ। नभराको एलओ एमटीको ९५ लाख ४९ हजार, एचआई एटीको एक करोड १३ लाख, एलओ एटीको ९७ लाख ४९ हजार, एचआई एमटीको एक करोड ११ लाख र नभरा अफरोड एचआई एटीको एक करोड १६ लाख मूल्य रहेको छ।
निसान इन्डिया अपरेशनका अध्यक्ष सिनान ओजकोकले निसानले नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गरेको बताए। उनले भने, “अल-न्यु नभाराको उपलब्धता पश्चात् हामीले ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउनेछौं र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग गर्नेछ।”
पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दीप सारडाले नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको र नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित भएको बताए। “पहिलो लाइफस्टाइल एडिसन युटिलिटी भेहिकलको रूपमा द अल-न्यु नभारा लन्च गरेकोमा हामी गौरवान्वित छौं,” उनले भने, “यो नयाँ उत्पादन उपलब्ध गराएर हामीले शहरी क्षेत्रमा बढिरहेका ग्राहकको चाहनालाई पूरा गर्न र बजारमा हाम्रो उपस्थितिलाई अझै बलियो बनाउन सक्षम हुने विश्वास गरेका छौं।”