कोरोनाबाट ८ जनाको मृत्यु, ७४७ मा सङ्क्रमण
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ भने मृत्यु हुनेको सङ्ख्या यथावत् छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आठ हजार ६९६ जनाको स्वाब परीक्षण गर्दा ७४७ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो। सोमबार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जनामा र दुई हजार ४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। आइतबार १० जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या पनि नौ लाख ४० हजार ९०२ पुगेको छ।