ग्लोबल आईएमई ब्यांकको बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर
ग्लोबल आईएमई ब्यांक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
ब्यांकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित ब्यांकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। ब्यांकको ४९औं एक्सटेन्सन काउन्टरको पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले उद्घाटन गरेका छन्।
ग्लोबल आईएमई ब्यांकले ‘सबैका लागि ब्यांक’ भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। देशका ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित ब्यांकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ।