प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावलाई जनमोर्चाको समर्थन
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसद्मा दर्ता गरिएको महाअभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले पनि समर्थन जनाएको छ।
जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गरी संसद्मा पनि यसको समर्थनमा मत दिने जनाएकी छन्। उपाध्यक्ष पौडेलले भनेकी छन्, “संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसद्मा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु।”
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। जबराले पदीय जिम्मेवारी पूरा नगरेको सहित २१ आरोप लगाइएको छ।
महाअभियोग प्रस्ताव दर्ता गर्दा सम्पर्क वा समन्वय हुन नसकेकाले मात्रै प्रस्ताक्षर नभएको उपाध्यक्ष पौडेलले जनाएकी छन्। प्रतिनिधि सभामा जनमोर्चाका एक सांसद छन्।