यसरी गरियो चाँगुनारायणको पूजा (तस्वीरहरू)
एक महीने माधवनारायण एवं स्वस्थानी व्रतकथा अन्तर्गत प्रदेश यात्राका क्रममा आज चाँगुनारायणको पूजा गरिएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म पूजाआजा गर्ने प्रचलन छ। यही क्रममा हुने प्रदेश यात्रा आज चाँगुनारायणमा पूजाआजा गरी सम्पन्न भएको छ।
यो एक महीनाभरी हातखुट्टाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर पूजापाठ गर्ने प्रचलन छ। यो अवधिमा स्वस्थानी व्रतकथा पाठ गरिन्छ।