नेपाललाई यूएईले दियो १९३ रनको लक्ष्य
चार देशीय अन्तर्राष्ट्रिय टी-२० प्रतियोगिताको दोस्रो खेलमा यूएईले नेपाललाई १९३ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले तीन विकेटको क्षतिमा १९२ रन बनाएको छ। यूएईका लागि चिराग सुरीले ५३ बलमा ८४ रन बनाए। उनले पाँच छक्का र पाँच चौका प्रहार गरे।
त्यस्तै, रोहन मुस्ताफाले ४९, मोहम्मद वासिमले २२, बसिल हमिदले १७ र मोहम्मद बुटले १४ रन बनाए।
नेपालका लागि सहाब आलम, सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिएर कप्तान लामिछाने बाहेक सबै बलर महँगा सावित भए।
शनिबार भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो। नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।