कोरोनाबाट १४ जनाको मृत्यु, ११२८ मा सङ्क्रमण
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको भए पनि मृत्यु हुनेको सङ्ख्या भने घट्न सकेको छैन।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज २० हजार ९८९ जनाको स्वाब परीक्षण गर्दा एक हजार १२८ जनामा सङ्क्रमण देखिएको छ। बिहीबार ११ हजार ८८० जनाको स्वाब परीक्षण गर्दा एक हजार ३६९ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ। बिहीबार १२ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार २१५ जना निको भएका छन्। बिहीबार दुई हजार २३८ जना निको भएका थिए। अझै देशभर २७ हजार ४४१ जना सक्रिय सङ्क्रमित छन्।