फिफा वरीयतामा नेपालको सुधार
फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ।
बिहीबार सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ। यसअघि नेपाल १६९औं स्थानमा थियो।
१५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा मरिससलाई पराजित गरेपछि नेपालेको वरीयतामा सुधार आएको हो। पहिलो खेल विमल घर्ती मगर र दोस्रो खेल सुजल श्रेष्ठको गोल मद्दतले नेपालले आफ्नो पक्षमा पारेको थियो।
दक्षिण एसियाली देशहरूमा भारत १०४औं, माल्दिभ्स १५७औं, भुटान १८५औं, बांगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छ।
फिफा वरीयताको पहिलो स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना, पाँचौंमा इङ्ग्ल्याण्ड, छैटौंमा इटली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा डेनमार्क र दशौंमा नेदरल्यान्डस् छ।