मन्त्री रेणु यादवलाई हटाउन माग गर्दै प्रदर्शन (तस्वीरहरू)
भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ।
बिहीबार नेकपा (एमाले)को युवा संगठनले मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको हो। एमाले पनि मन्त्री यादवको बर्खास्तीको माग गर्दै आएको छ।
५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन्। हिंसा भड्काउने र सामाजिक द्वन्द्व सिर्जना गर्ने अभिव्यक्ति दिएको भन्दै युवा संघले बर्खास्तीको माग गरेको हो।
त्यस्तै, युवा संघले मूल्यवृद्धि खारेज, खोप हराएको विषयमा स्वास्थ्य मन्त्री विरोध खतिवडालाई कारबाही गर्न पनि माग गरेको छ।