कोरोनाबाट १४ जनाको मृत्यु, २४०१ मा संक्रमण पुष्टि
कोभिड-१९ संक्रमितको संख्या घट्दै गएको भए पनि मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ३५६ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार १२ हजार ६९५ स्वाब परीक्षण गर्दा एक हजार ९५७ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। मंगलबार ११ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना निको भएका छन्। मंगलबार ५ हजार १०३ जना निको भएका थिए। अझै सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ।