स्मार्टच्वाइस टेक्नोलोजिज र कामना ब्यांकबीच सम्झौता
भुक्तानी सेवा र फर्स्यौटको क्षेत्रमा सहकार्य गर्न स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र कामना सेवा विकास ब्यांक लिमिटेडबीच सम्झौता भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना ब्यांकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यो सम्झौताले डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जनाइएको छ। यो सम्झौतापछि स्मार्टच्वाइस र कामना ब्यांकबीच डेबिट कार्ड, स्मार्ट क्वूआर, एससीटी-एनपे जस्ता उपकरणको प्रयोगमा सहकार्य हुने जनाइउको छ।
स्मार्टच्वाइसले भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने काम गर्दै आएको छ।