एकीकरणकाे मुद्दा र कार्यविभाजन २० जेठमा टुंगिन्छ : दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाले २० जेठमा पार्टी एकीकरणका बाँकी मुद्दा टुंग्याउने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्तदिन बस्ने सचिवालय बैठकले नेता कार्यकर्ताको कार्य विभाजन पनि टुंग्याउने बताए ।
अध्यक्ष दाहालले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन आग्रह गरेका छन् । उनले दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने बताए ।
दाहालले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेको भन्दै नेता, कार्यकर्तालाई अनावश्यक रुपमा विभाजित नहुन पनि आग्रह गरे ।
पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै उनले यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।