इन्भेस्टमेन्ट ब्यांकले ल्यायो ‘गज्जब’ मुद्दति खाता
नेपाल इन्भेस्टमेन्ट ब्यांक लिमिटेले नयाँ मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
२६औं वार्षिकोत्सवको अवसरमा ‘एनआईबीएल गज्जब छ मुद्दति खाता’ सञ्चालनमा ल्याएको हो। यसमा निक्षेप रकम २० वर्षमा ६ गुणा हुने ब्यांकले जनाइएको छ।
यस्तै, न्यूनतम रु. १० हजारमा जुनसुकै उमेरका व्यक्तिले खाता खोल्न सक्नेछन्। यसमा निःशुल्क क्रेडिट कार्ड सुविधा छ भने ९० प्रतिशतसम्म कर्जा निकाल्न सकिने ब्यांकले जनाएको छ।