जगदम्बा स्टिलका उत्पादन तेस्रो देशमा निर्यात
जगदम्बा स्टिलले आफ्ना उत्पादनलाई भारत बाहेका अन्य देशमा पनि निर्यात गर्न थालेको छ।
नेपालमा उत्पादन भएका ‘कलर कोटेड कोइल्स तथा शिट’ तेस्रो देशहरूमा निर्यात हुन थालेको जगदम्बाले जनाएको छ। दक्षिण पूर्वि र मध्य पूर्वि एसियाली देशहरू तथा दक्षिण अफ्रिका उत्पदान निर्यात गर्न थालिएको हो।
नेपालबाट तेस्रो देशमा उत्पादन निर्यात गर्न पाउँदा खुशी लागेको शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले बताए। “नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ,” अग्रवालले भने।
यसले भविष्यमा उत्कृष्ट उत्पादन गर्न थप आत्मबल मिलेको उनको भनाइ छ।