देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन विस्तार गर्ने भएको छ।
कम्पनीले देशका सबै प्रदेशलाई समेट्ने गरी अहिलेसम्म विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ। कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जनाएको छ।
हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि इलेक्ट्रिकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन स्थापना गर्दै आएको हो।
नेपालका सबै हाइवे र स्थानीय रुटमा पेट्रोल पम्पको यथेष्ट उपलब्धता भए पनि ईभी चार्जिङ पोइन्ट नभएकाले नै कम्पनीले क्रमिक रूपमा चार्जिङ नेटवर्क विस्तार गर्ने जनाएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले अहिले देशका प्रमुख शहरमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ।