हिउँले छोपिएको नगरकोटका नौला दृश्य
पर्यटकीय गन्तव्य भक्तपुरको नगरकोट पनि हिउँले छोपिएको छ।
पश्चिमी न्यून चापीय प्रणालीले देशभरको मौसममा बदली आएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा व्यापक हिमपात भएको छ।
शुक्रबार भक्तपुरको नगरकोटमा हिमपात भएको छ। कोरोनाभाइरसको तेस्रो लहरका कारण शान्त रहेको नगरकोटमा हिउँ खेल्न जानेहरूको घुइँचो लागेको छ।