रसुवामा भारी हिमपात (तस्वीरहरू)
रसुवामा गएरातिदेखि हिमपात भइरहेको छ। लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ।
क्यान्जिन उपत्यका, लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ, चिलिमे लगायत विभिन्न स्थानमा हिमपात भएको छ। क्यान्जिनमा करीब तीन फिट हिउँ जमिसकेको स्थानीय ग्याल्बो लामाले बताए।
त्यस्तै, गोसाइँकुण्ड, चोलाङपाटी, लौरिविना, बुद्ध मन्दिर लगायत क्षेत्रमा बाक्लो हिमपात भएको छ। गत्लाङ आसपास करीब दुई फिट हिउँ जमेको स्थानीय अनिल लामाले बताए।
यससँगै सदरमुकाम धुन्चेमा पनि हिमपात भएको छ। लगातारको हिमपात र वर्षाले चिसो बढ्दा जनजीवन प्रभावित भएको छ।