मुक्तिनाथ ब्यांकका ग्राहकलाई होटल ड्यान्डलियनमा विशेष छूट
मुक्तिनाथ विकास ब्यांकका ग्राहकले पोखराको होटल ड्यान्डलियनमा विशेष छूट पाउने भएका छन्।
यसका लागि ब्यांक र होटलबीच व्यावसायिक सम्झौता भएको छ। यस सम्झौता अनुसार, मुक्तिनाथ ब्यांकका भिसा डेबिट कार्डवाहक ग्राहकले होटल ड्यान्डलियनको सेवामा १० प्रतिशत छूट पाउने भएका छन्।
यससँगै ब्यांकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्ना एटीएम कार्ड प्रयोग गरी भिसा नेटवर्कमा रहेका जुनसुकै ब्यांकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।